
काठमाडौं । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइमेक्स प्रोडक्सनले ल्याएको छ । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने बताइएको छ ।
आइमेक्स पोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपालमा आउन लागेको हो । नेपाल भित्रिएको रियालिटि शो नेपाली टेलिभिजन च्यानलबाट चाँडै नै सुरू गरिने बताइएको छ ।
कार्यक्रमको उद्देश्य भने प्रतिभाहरुलाई सबैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पुर्याउनु रहेको बताइएको छ ।
नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलतापूर्वक सञ्चालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ औँ देशको रुपमा शो सफल बनाउने प्रतिबद्धता गरेको जानकारी दिइएको छ ।
देश अनुसार फरक-फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ ।
कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बसभित्र रहने सहभागीहरु १०० दिनसम्म सञ्चार सम्पर्कविहीन रही सहभागिता जनाई बिग बोसको ट्रफी जित्ने छन् ।