site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपालमा भित्रियो बिग बोस, नेपालकै ठूलो टीभि रियालिटी शो बन्ने दाबी

काठमाडौं । बिग बोस नेपाल प्रवेश गरेको छ । नेदरल्यान्डस्को इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई आइम्याक्स प्रोडक्सनले नेपाल भित्र्याइएको हो ।

कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो फ्रेन्चाइज टीभि रियालिटि सो हुने दाबी गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ । कार्यक्रम प्रसारण हुने टेलिधिजन र सञ्चालकको नाम भने अझै तय भएको छैन । 

कार्यक्रमका सहभागीहरु १ सय दिनसम्म सञ्चार सम्पर्कबिहीन रहनेछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १६:५३
प्रतिक्रिया दिनुहोस्