site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लेखक संघ मोरङले गर्‍यो शताब्दीपुरुषको सम्मान

ललितपुर । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गरेको अवसरमा नेपाली लेखक संघ, मोरङले जोशीको सम्मान गरेको छ । सोमबार ललितपुरस्थित शताब्दी पुरुषकै घर आँगनमै स्रष्टा जोशीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा शताब्दी पुरुष जोशीले संसारमा ग्राह्य हुने र सबैले रुचाउने विषयमा लेखिएका नेपाली साहित्यका पुस्तकहरू विश्व बजारमा पुर्‍याउन सके त्यसले अन्तरराष्ट्रिय स्तरको पुरस्कारसमेत प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले विश्व साहित्यको बजारमा नेपाली भाषाका कृतिहरु पनि पुरस्कृत भएको देख्ने आफ्नो सपना रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा लेखक संघ मोरङकातर्फबाट तयार पारिएकोे अभिनन्दनपत्र साहित्यकार दधिराज सुवेदीले शताब्दी पुरुष जोशीलाई समर्पण गरे ।  कार्यक्रममा कवि डा. विष्णुविभु घिमिरेले शताब्दी पुरुषको सांस्कृतिक व्यक्तित्वका बारेमा बोलेका थिए भने साहित्यकार दधिराज सुवेदीले उनको साहित्यिक व्यक्तित्वका विषयमा मन्तव्य दिएका थिए । 

लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. तुलसी भट्टराई, रत्नमणि नेपाल, पुरुषोत्तम दाहाल, प्रह्लाद पोखरेल लगायतले बोलेका थिए । 

कार्यक्रममा डा. कुमारप्रसाद कोइराला, डा. ज्ञानु पाण्डे, किशोर पहाडी, डा. कृष्णप्रसाद दाहाल, कृष्ण प्रधान, प्राज्ञ विवश पोखरेल, प्राज्ञ लक्ष्मी उप्रेती, मोतीराज बम, नारायण सापकोटा, तुलसीहरि कोइराला, सुविद गुरागाई, मन्जिला उप्रेती, राजेन्द्र गुरागाई, मनोज न्यौपानेलगायतले शताब्दी पुरुष जोशीलाई शुभकामना दिएका थिए । 

यस अघि भाषाशास्त्री बालकृष्ण पोखरेलको निवास विराटनगरमा गत कार्तिक महिनामा, राष्ट्रकवि माधव घिमिरेको निवासमा गत माघ महिनामा यसै किसिमको साहित्यिक सभा संघले आयोजना गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  ०९:३९
प्रतिक्रिया दिनुहोस्