site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बुलबुल’ फेम्ड अभिनेता मुकुनको दसैंमा नयाँ चलचित्र 

काठमाडौं । ‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुषाललाई अहिले चलचित्रबाट बाक्लै अफर आरहेका छन् । फागुन ३ गते ‘बुलबुल’ रिलिज भएपछि त्यसयता मुकुनलाई आधा दर्जन चलचित्रबाट अफर आइसकेको छ । 

यद्यपि मुकुन भने वर्षमा एउटाभन्दा धेरै चलचित्रमा काम गर्ने सोचमा छैनन् । “५÷६ वटा चलचित्रबाट अफर आयो । तर म हतारमा चलचित्र गर्ने पक्षमा छैन । वर्षमा एउटा चलचित्र मात्रै गर्नेछु,” मुकुन बाह्रखरीसँग भन्छन्, “यो दसैंको आसपासमा मेरो नयाँ चलचित्र हेर्न पाउनुहुन्छ होला ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नाम तय भइनसकेको र दर्ता पनि गरिनसकेको चलचित्रमा अभिनय गर्ने करिव पक्कापक्की भएको उनले बताए । विवेक पाण्डेले लखेको कथालाई विवेक स्वयम्ले निर्देशन गर्दैछन् । 
‘लप्पन छप्पन–२’ र अमेरिका ब्वाइजको कथा लेखेका विवेक फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेज विद्यार्थी पनि हुन् ।

पुराना तथा अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाको चलचित्रमा पनि अभिनय गर्ने सम्भावना रहेको मुकुनले जानकारी दिए । 

उनले रिलिजको तयारीमा रहेको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । गणेश सेन्चुरीको गीतमा उनले अभिनय गरेका हुन् । सुरविना कार्की उनको अपोजिटमा छिन् । 
“म्युजिक भिडियोमा खेल्ने हो भनेर धेरैले सोध्नुहुन्छ । तर यो गीतमा मोडलिङ नभएर प्ले मात्रै भएकाले अभिनय गरेको हुँ,” उनले भने । 

मुकुन विनोद पौडेलको लेखन तथा निर्देशन रहेकाे चलचित्र ‘बुलबुल’मा अभिनय गरेपछि पहिलो चलचित्रबाटै दर्शकमाझ नोटिस भएका थिए । मुकुनले ‘बुलबुल’मा चोपेन्द्रको भूमिका निभाएका थिए । उनको अभिनयको चौतर्फी प्रशंसा भएको थियो ।    
 

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १३:१०
प्रतिक्रिया दिनुहोस्