site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेवा विकास बैंकले ५१ करोड ६ लाखको हकप्रद सेयर निश्कासन गर्ने
काठमाडौं । बुटबलमा केन्द्रीय कार्यलय रहेको सेवा विकास बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गरेको छ । 
बैंकले चुक्तापुँजीको १ बराबर १.२ सेयरको अनुपातमा १ सय रुपैयाँ अंकित मूल्य रहेको ५१ करोड ६ लाख  रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको हो । यही मंसिरको २३ गतेदेखि पुस २७ गतेसम्मका लागि बिक्री खुला गरेको बैंकले जनाएको छ । हकप्रद सेयर निश्कासनपछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार रुपैयाँ छ ।
आगामी असारसम्म राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनुपर्ने छ । बैंकको कार्यक्षेत्र रुपन्देही, नबलपरासी र कपिलबस्तु गरी ३ जिल्ला मात्र छ । बैंकको सेयर मूल्य ३२१ रुपैयाँ छ । बैंकको बजार पुँजीकरण ३ अर्ब रुपैयाँ बढी छ ।
यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले २ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा बैंकले नाफा दोब्बर बढाएकोछ । गत आवमा बैंकले कुल १० करोड ७६ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकले ५ अर्ब ६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको थियो । बैंकको खराब कर्जा अनुपात १ प्रतिशत भन्दा कम छ । 
 
 
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro