site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौ । अधिकांश कम्पनीको बोनस र हकप्रद सेयर घोषणा भएपछि बजारमा सेयर किन्नेको भन्दा बिक्री गर्नेको चाप बढदै गई बिहीबार सेयरको मूल्य ओरालो लागेको छ ।
बिहीबार सेयर बजारमा ४१ अंकले गिरावट आएर नेप्से परिसूचक १ हजार ६५८ मा सीमित भई २.४ प्रतिशत घटेको छ । एभरेष्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै बोनस सेयर र हकप्रद सेयर घोषणा गर्दा बजारमा सकारात्मक प्रभाव परेन । प्रायः सबै कम्पनीले लाभांश घोषणा गरेकाले  बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेपछि सेयर बजार घटेको नेपाल स्टक ब्रोकर एसोसियएनका अध्यक्ष नरेन्द्र सिजापति बताउँछन् । “बिहीबार बजार धेरै घटेका कारण आइतबार पनि सुधार नहुने सम्भावना छ,” उनले भने, “आइतबार बजारले कस्तो ‘मुभ’ लिनेछ । यो त्यसैमा निर्भर हुन्छ ।” 
बिहीबार सबैभन्दा बढी एभरेष्ट बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी र सिभिल बैंकको बढी सेयर कारोबार भएको छ । एभरेष्टको सेयर मूल्य १६६ रुपैयाँ घटेर प्रतिकित्ता ३ हजार ६२९ रुपैयाँमा कारोबार भएको छ । बिहीबार एभरेष्टको ५१ करोड ७० लाख ५२ हजार कित्ता सेयर कारोबार भएको छ । यस्तै नेसनल लाइफको प्रतिकित्ता ३ हजार ४१५ रुपैयाँमा १२ करोड ५० लाख १७ हजार, शिखरको प्रतिकित्ता ३ हजार ९४१ रुपैयाँमा ७ करोड ३ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । 
बिहीबार बैंक, होटल, विकास बैंक, जलविद्युत्, वित्त, बिमा र उत्पादनमूलक सबैको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी बिमा समूहको सेयर मूल्य घटेको छ । बजार घटे पनि बिहीबार १ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर काराबोर भएको छ । बजार घटेपछि लगानीकर्ताले एकै दिन झण्डै ४७ अर्ब रुपैयाँ गुमाएका छन् । बिहीबार सेयरको मूल्य घटेपछि बजार पुँजीकरण १८ खर्ब ४२ अर्ब ६४ करोडमा सीमित भएको छ । बुधबार बजार पूँजीकरण १८ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro