site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए । बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १४:५६
प्रतिक्रिया दिनुहोस्