site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

चितवन । चितवनमा डेंगु तथा स्क्रब टाइफसको सङ्क्रमण बढिरहेका बेला यहाँ कीटजन्य रोगको अवस्था पत्ता लगाउन विज्ञद्वारा अध्ययन थालिएको छ । चितवनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने पटिहानीमा यसको अध्ययन (भेक्टर सर्भे) थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लामा कीटजन्य रोग बढ्दो छ । “तीन दिनदेखि यहाँ कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन भइरहेको छ, कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भने, हेटौँडाबाट समेत विशेषज्ञ टोली संलग्न छन् ।”

चितवनको पटिहानीमा गएको वैशाखमा डेंगु रोगका कारण एक जनाको ज्यान गएको थियो । सोही क्षेत्र आसपास तथा छितामाई क्षेत्रमा अध्ययन भइरहेको केसीले बताए । मुख्यगरी डेंगु, मलेरिया, जापनिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन भइरहेको जनाइएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टर टोली परिचालन भएका छन् ।

उक्त तालिम केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयले एकीकृत सर्भे सुरु गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए । नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस र डेंगु रोगको सङ्क्रमण चितवनमा छ । जिल्लामा अहिलेसम्म डेंगुबाट ६२१ जना बिरामी भएका छन् । स्क्रब टाइफसबाट ४७१ जना बिरामी परेका छन् । मलेरियालगायत रोग समेत चितवनमा देखिँदै आएको छ ।

रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro