site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौधरी फाउण्डेसन र लायन्स क्लबद्वारा सोसल बिजनेसमा सवा पाँच करोड लगानीको घोषणा
काठमाडौं । चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेस (एनएसबी) का लागि सवा पाँच करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेका छन् । नेपालका दुर्गम क्षेत्रमा सोसल विजनेसका परियोजना कार्यान्वयनका लागि उक्त रकम खर्च गरिनेछ । 
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चौधरी फाउण्डेसनका प्रमुख कार्यकारी निर्वाण चौधरी र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक संजय खेतानले नेपाल सोसल विजनेस दोस्रो चरणको कार्यान्वनका लागि उक्त रकम खर्च गर्ने निर्णय गरिएको जानकारी दिए । 
सन् २०१४ मा सुरु भएको एनएसबीले नेपालका दुर्गम क्षेत्रका वासिन्दाको सामाजिक एवं आर्थिक अवस्था सुधारका लागि सोसल विजनेसका परियोजना कार्यान्वयनमा तीब्रता दिएको छ । 
पहिलो चरणमा एक सय वटा सोसल विजनेस अवधारणामा तालिम दिइएको छ । हालसम्म १२ वटा परियोजनामा लगानी भईसकेको छ भने बाँकीमा लगानी गर्ने चरणमा रहेको जानकारी दिएको छ । 
एनएसबी चौधरी ग्रूपको मानवीय सहयोग सम्वन्धी निकाय चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेसनल फाउण्डेसन (एलसीआईएफ) ले नेपालमा सोसल विजनेस प्रवद्र्धनका लागि स्थापना गरिएको संस्था हो । व्यावसायिक सोच भएका तर वित्तिय स्रोतको अभावमा विजनेस सुरु गर्न नसकेको व्यवसायीहरुलाई एनएसबीले वित्तिय स्रोत उपलब्ध गराउँछ ।  
एनएसबीद्वारा लगानी गरिएका परियोजनाहरुमा कर्णाली मितेरी उद्योग (जुम्ला), अर्गानिक फलपूmल तथा खाद्य प्रशोधन उद्योग (जुम्ला), दाङ होजियरी तथा गार्मेन्ट प्राली (दाङ), बागेश्वरी बहुउद्देश्यीय कृषि फार्म प्राली. (सल्यान), महालक्ष्मी झोला उद्योग प्रा.लि. (कैलाली) र अजयमेरु ताम्राकार भाडाबर्तन प्रा.लि. (डडेल्धुरा) लगायतका रहेका छन् । थप परियोजनाहरुमा लगानी विस्तार गर्दै जाने नीति एनएसबीको रहेको छ ।
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro