site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
‘तोकिएकै मितिमा महाधिवेशन गर्नुको विकल्प छैन’
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै पनि बहानामा कांग्रेसको १४औँ महाधिवेशन रोकिनु नहुने बताएकी छन् । आइतबार नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले पार्टीको विधानानुसार अब समयावधि थप्न सम्भव नभएकाले तोकिएकै मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको बताइन् । बरु, पार्टी अधिवेशनको निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिने उनले बताइन् ।

Agni Group

“अहिले हामीहरु जिल्ला–जिल्लाबाट सबै महाधिवेशन प्रतिनिधिहरु केन्द्रमा वा तोकिएको स्थानमा भेला हुने र केन्द्रिकृत भएर भोटिङ गर्नुपर्ने व्यवस्था छ, जुन आर्थिक रुपमा महँगो र जिल्ला–जिल्लाबाट प्रतिनिधिहरु आउँदा भौतिक  कठिनाइ  पनि हुने गरेको छ,” उनले भनिन्, “तसर्थ, अब निर्वाचन प्रणालीलाई विकेन्द्रित गरी जिल्ला–जिल्लाबाट नै महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउने हो भने अहिलेको कोभिड महामारीबाट पनि बच्न सकिने र आर्थिक रुपमा पनि कम खर्चिलो हुनेछ ।”

उनले प्रधानमन्त्री र राष्ट्रपतिबाट बारम्बार संविधान उल्लंघन गर्ने काम भइरहेको भन्दै संविधान बचाउन सबै दल एकजुट भएर लाग्नुपर्ने बताइन् ।

Global Ime bank

नियमित संसद्मा प्रस्तुत गर्नुपर्ने बजेट कामचलाउ सरकारले अध्यादेशमार्फत असंवैधानिक रुपमा पूर्ण आकारमा ल्याएको उनको भनाइ थियो । बजेट देशको दीर्घकालीन विकासभन्दा पनि जनतालाई भोटको लागि झुक्काउने हिसाबमा आएको उनले बताइन् ।

संविधानको रक्षार्थ सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu