site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सपनाको बिँडो

निशान राई


अधिकांश आमाबुवाको चाहना हुन्छछोरा वा छोरीलाई डक्टर, इन्जिनियर या अचेल चल्तीमा रहेको सीए बनाउने । ताकि उनीहरूले नाम, दाम र जीवन कमाऊन् कमै आमाबुवाले सन्तानलाई खेलाडी भएको सोच्न सक्छन् । कारण- नेपालमा खेलाडीले खेलेरै जीवन धान्न कठिन नेपाली खेलकुदमा नाम तर बाँच्ने आधार दाम छैन

तर, नवलपरासी प्रतापपुर गाउँपालिकाका एक बुवा छन्- रामबालक कोहार, जो आफ्नो छोरालाई खेलाडी बनाउन लागिपरेका छन् आफ्नो छोरा देशकै ठूलो धावक बनेको हेर्ने रहर उनलाई त्यसैले आफ्नो छोरालाई प्रेरणा दिन ४५ वर्षको उमेरमा 'हाफ-म्याराथन' दौडिन उनलाई कुनै चुनौती लागेन उनी छोरालाई दौडमा प्रेरित गर्न लुम्बिनीसम्म पुगे­- १६ वर्षीय जेठा छोरा गिरीलाल कोहारलाई सँगै लिएर ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लुम्बिनी पिस म्याराथन प्रालिको आयोजनामा भएको चौथो संस्करणको 'लुम्बिनी शान्ति म्याराथन'मा दुवै दौडिए बुबा राम २१ किलोमिटरको हाफ म्याराथनमा दौडिए भने छोरा गिरीलाल किलोमिटरमा सहभागी भए दुवैले 'टप १०' भित्र रहेर दौड पूरा गरे राम नवौं स्थानमा रहँदा छोरा गिरीलालले पाँचौं स्थानमा दौड पूरा गरे

"छोरालाई खेलाडी बनाउने विचार त्यसैले उसलाई खेलाउन यहाँ आएको मैले खेल छाडेको वर्ष भयो । लामो समयपछि दौडिँदा त उत्पातै सास फुल्ने रहेछ," पूर्व एथ्लेटिक्स खेलाडी रामले भने, " वर्षपछि पहिलोपटक दौडिएको हुँ "

गिरीलाल आफ्ना बुबाले दौड पूरा गर्दा फिनिसिङ लाइनमै थिए अरू खेलाडीको दाँजोमा बूढो उमेर देखिने रामले दौड पूरा गर्दा सबैले हुटिङ गरे

शायद त्यहाँको माहोलले गिरीलाललाई एथलेटिक्स खेल्न थप प्रेरणा मिल्यो उनलाई जसरी हुन्छ, बुबाको सपना पूरा गर्ने इच्छा पलाएको बुबाको छेउमा बसेका गिरिलालले भनिहाले, "मेरो खेलाडी बन्ने सपना मलाई लाग्छ- बुवाको सपना पुरा गर्छु "

बुवाको सपना पूरा गर्न गिरीलालको मेहनत पनि कम छैन कावासोती, सुमनी, सुनौलमा हुने विद्यालयस्तरीय प्रतियोगितामा स्वर्ण जितिसकेका गिरीलाल पत्थरीको औषधि खाँदै लुम्बिनी म्याराथनमा सहभागी थिए डक्टरले पानी बढी खाएर दौडिन मिल्छ भनेका कारण उनी दौडमा सहभागी भएका हुन् महेन्द्र माध्यमिक विद्यालयको कक्षा का विधार्थी गिरीलाल भन्दैथिए, "राम्रो नतिजा आउँछ भन्ने सोचेको थिएँ तर पाँचौंमात्र भएँ केही सेकेन्डले पछि परें मलाई पथरी भएको पथरीको कारण दौडको बेला पेट दुख्यो, त्यसैले गाह्रो भयो "

राम्रो प्रशिक्षण पाए बुबाको सपनासँगै देशको लागि पदक जित्न सक्छु भन्ने गिरीलाललाई लाग्छ । तर, त्यसका लागि सदरमुकाममा बस्न उनलाई समस्या "जिल्लामा मात्र कोच , त्यहाँ जान सकिँदैन," हाल नवलपरासीको एथलेटिक्स प्रशिक्षक मनोहर दाहालसँग प्रशिक्षण लिँदै गरेका गिरीलालले थपे, "घरमा राम्रो ट्रेनिङ छैन, त्यसैले अलि गाह्रो हुने गरेको " नवलपरासीबाहेक गिरीलालले पहिलोपटक बाहिर गएर प्रतियोगिता खेलेका हुन्

प्रशिक्षक मनोहर गिरीलालका मात्र होइन, उनको बुवाका समेत प्रशिक्षक हुन् उनले गिरीलाल राम्रो खेलाडी बन्न सक्ने देखेका छन् भन्छन्, "गिरीलालको बुवालाई समेत मैले प्रशिक्षण गराएको हुँ उनी क्षेत्रीय खेलाडी थिए अहिले उनका छोरालाई ट्रेनिङ दिन्छु उमेर कलिलो उसको तर, राम्रो अवसर पाउने हो भने उनी देशकै राम्रो खेलाडी बन्न सक्छन् निकै मेहनेती छन् "

अरु धेरै अभिभावकभन्दा रामबालक फरक छन् । खेलकुदले दिने नामप्रति उनको झुकाव रहरलाग्दो भन्छन्, "नामभन्दा ठूलो केही छैन, नाम चलाउन छोरालाई खेलाडी बनाउने मेराे लक्ष्य हो ।"

लुम्बिनी म्याराथनका लागि दुवैले १० दिनको मात्र तयारी गरेका थिए प्रशिक्षक आफैं, खेलाडी आफैं भएर तयारी गरे छोटो समयमा छोटो तयारी गर्नु उनीहरुको रहर थिएन ।

भारतीय सीमा क्षेत्रमा घर भएका रामबालक सामान्य किसान हुन् तीन छोरी दुई छोराका बुवा रामबालकलाई सधैं खेलकुदमा लागे घरपरिवार चलाउन गाह्रो हुन्छ तर, एकदिन उनले पत्रिकामा समाचार देखे, "लुम्बिनीमा म्याराथन हुँदै छ ।"

त्यो समाचार देखेपछि रामबालकको मनमा पुलुक्क खुशीका गुब्बारा फुले । त्यो समाचार नदेखेको भए उनी र छोरा पोखरा जाने योजनामा थिए पोखरामा हरेक वर्षको फागुन मा आयोजना हुने 'पोखरा अन्तर्राष्ट्रिय म्याराथन'मा छोरालाई भाग लिन लगाउने योजनामा थिए राम

लुम्बिनीमा हुने समाचारले उनलाई उत्साहित गराउनुको कारण प्रतियोगिता खेल्न जाँदा लाग्ने खर्च प्रमुख थियो लुम्बिनीमा प्रतियोगिता हुँदा पोखराभन्दा दोब्बर कम खर्च भयो उनको । यो प्रतियोगितमा उनको कुल खर्च २५ सयभन्दा बढी भएन ।

समाचार पढेपछि बाबु-छोराले आफ्नै टोलमा आफ्नै बुद्धिले भ्याएको तयारी गरे त्यही तयारीले लुम्बिनी म्याराथनमा दौडिए

आफू नेपालको अन्तर्राष्ट्रिय खेलाडी बन्न नसकेकोमा रामबालकलाई सधैं ग्लानि भइरहन्छ त्यही घिडघिडोले होला- उनी छोराबाट आफ्नो अधुरो सपना पूरा गर्न चाहन्छन् । 'दंगल' फिल्मका आमिर खानजस्तै ।

रामबालक राष्ट्रिय खेलकुदका लागि छनोट हुने एथ्लेटिक्स खेलाडी हुन् उनले त्यसबेलाको ठूलो प्रतियोगिता वीरेन्द्र रनिङ शिल्डमा दुई पटक (०५६-५७) स्वर्ण जितेका थिए । त्यसपछि उनी पोखरामा भएको क्षेत्रीय छनोटमा समेत पुगे । वीरेन्द्र शिल्ड खेल्दा उनी कक्षामा पढ्थे त्यो क्षेत्रमा बढी उमेर भएपछि मात्रै पढ्ने चलन त्यसैले कक्षामा हुँदा रामबालक २१ वर्षमाथिका थिए उनी क्षेत्रीय खेलाडीसमेत भए तर, राष्ट्रिय खेलकुदमा भने उनले खेल्न पाएनन्

पाँचौं राष्ट्रिय खेलकुदका लागि ०५८ मा पोखरामा पश्चिमाञ्चलको क्षेत्रीय छनोट भयो २१ किमिको हाफ-म्याराथनमा घण्टा २० मिनेट सेकेन्डको समय निकाल्दै रामबालकले स्वर्ण जिते स्वर्णसँगै उनी पश्चिमाञ्चलबाट राष्ट्रिय खेलकुदमा छनोट भए

तर, उनले राष्ट्रिय खेलकुद खेल्न पाएनन् "राष्ट्रिय खेलकुदमा छानिए पनि मैले भाग लिन पाइनँ," रामबालकले सम्झिए, "हामी त्यो बेला दशरथ रंगशालामा ट्रेनिङ गर्दै थियौं तर, जेठ १९ गते राजा वीरेन्द्रको निधन भयो त्यसपछि प्रतियोगिता सऱ्यो पछि खेल त भयो तर मलाई बोलाएनन् "

पाँचौं राष्ट्रिय खेलकुद सुरु हुनुभन्दा ठीक एक साताअघि नारायणहिटी राजदरबार हत्याकाण्ड भएको थियो । त्यसपछि पाँचौं राष्ट्रिय खेलकुद हुन वर्ष लाग्यो त्यससँगै रामबालकको खेलकुद करिअर नै सकियो राष्ट्रिय खेलकुद खेल्न बञ्चित भए पनि रामबालकले म्याराथन दौड छाड्न सकेनन्

०६२ ६३ को पोखरा अन्तर्राष्ट्रिय फुल म्याराथनमा पनि उनले सहभागिता जनाए तर, पहिलेको जस्तो नतिजा ल्याउन सकेनन् त्यसपछि उनले म्याराथन छाडे । त्यसपछि हुर्कंदै गरेका जेठा छोरामा उनले आफ्नो सपना हस्तान्तरण गरे । अहिले उनी त्यही सपना पूरा गर्न दिनरात लागिपरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०९:२१
प्रतिक्रिया दिनुहोस्