site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
अर्थतन्त्रलाई निसासिनबाट जोगाऔँ

नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को  संक्रमण अहिलेसम्म नौ जनामा देखिएको बताइएको छ । दक्षिण एसियामा कम संक्रमण देखिने देशमध्ये भुटानपछि नेपाल रहेको छ । कतार एयरवेजबाट चैत्र ४ गते काठमाडौं अवतरण गरेकामध्ये तीन जनालाई क्रमश: चैत्र १० गते, १५ र २० गते संक्रमण भएको भेटियो । भारतबाट आएका दुई जना र विदेश नै नगएका एक जनामा चैत्र २२ गते संक्रमण देखियो । सामान्यतया कोरोनाभाइरस फैलन सघाउ पुर्‍याउने अवधि (इन्क्युबेसन पिरयड) दुई साता भनिए पनि नेपालकै घटनाले त्यसभन्दा बढी अवधि हुने देखायो । अन्तर्राष्ट्रिय पत्रिकाका लेखहरूले जनाएअनुसार उक्त अवधि २७ दिनसम्म हुनसक्छ । हालको प्रवृत्ति हेर्दा विश्वमा यो रोगको संक्रमण पूर्णरुपमा रोकिन निकै समय लाग्ने निश्चित छ । त्यसैले कोभिड–१९ सम्बन्धी उपचार र रोकथामका कार्यलाइर् लामो समयसम्म निरन्तरता दिनुपर्ने हुनसक्छ ।  

लकडाउनको दुइसाता बितेर तेस्रो सातामा सरु भएको छ । भारतबाट नेपाल आउने क्रम जारिरहनु, भारतीय सीमामा पारिवारिक भेटघाट र आवतजावत भइरहनु, विदेशबाट आएका सबै व्यक्तिको पहिचान हुन नसक्नु र सबै क्वारेन्टिनमा नबस्नु, सडक, पेटी, चौतारा र चोकचोकमा झुन्डझुन्ड भएर गफ गर्नेजस्ता व्यवहारले समस्या देखाएका छन् । यसैबीच सरकारले लकडाउन वैशाख तीन गतेसम्म लम्याएको छ भने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म बढाएको छ ।

अर्थतन्त्रमा असर 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोभिड–१९ को महामारीबाट हुने आर्थिक प्रभावको आकार र गहिराइ अहिले नै किटान गर्न सकिने अवस्था छैन । यसैले परिस्थितिको आकलन गर्दै समग्रमा अर्थतन्त्रमा कति असर पर्छ र त्यस असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिदै जानुपर्छ । कोभिड–१९ र यसको रोकथामका लागि चालिएको कदमले अर्थतन्त्र ठप्प बनाएको छ । उद्योग, व्यवसाय, कृषि सबै क्षेत्र प्रभावित भएको छ । उद्योगहरूले कच्चा पदार्थ आयात गर्न सकेका छैनन् । उत्पादन गर्न सकेका छैनन् । उत्पादन भएका कुखुरा बजारसम्म पुग्नसकेको छैन । किसानले उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याउन सकेका छैनन् । गहुँ काट्ने, मकै तथा चैते धान लगाउने, तरकारी रोप्ने कार्यमा  असर  परेकोछ । माघदेखि जेठसम्मको समयमा सार्वजनिक निर्माणमा हुने विकास खर्च झन्डै ७० प्रतिशत हुन्थ्यो । ठूला आयोजनामा यसै समयमा युद्धस्तरमा काम चल्थ्यो । तर, अहिले सबै बन्द प्रायः छन् । 

कृषि  तथा पशुपन्छी मन्त्रालयले यस आर्थिक वर्षमा धानको उत्पादनमा कमी  आउने अनुमान पहिले नै गरेको थियो । अझ त्यसमाथि अहिलेको परिस्थितिले गर्दा यस आर्थिक वर्षमा कृषि क्षेत्रमा निकै नै कम मूल्य अभिवृद्धि हुने अनुमान छ । माथि भनिएजस्तै निर्माण तथा उद्योग क्षेत्रह नोक्सानीमा छन् । पुन: पुरानै अवस्थामा आउन समय लाग्छ । लकडाउनको असर हुँदाहुँदै पनि ग्यास, पानी र विद्युत् क्षेत्रको कुल मूल्य अभिवृद्धिमा केही वृद्धि हुने देखिन्छ । तर, यसको कुल गार्हस्थ्य उत्पादनमा हुने देन एक प्रतिशतको हाराहारीमा छ ।

Royal Enfield Island Ad

मुख्य सिजनभर नै पर्यटन क्षेत्रले समस्या भोग्नु पर्‍यो । होटेल, रेस्टुराँ, यातायात क्षेत्रमा पनि नराम्रो असर देखिएको छ । वैदेशिक व्यापार र आन्तरिक उत्पादनका कारणले थोक तथा खुद्रा व्यापारमा नकारात्मक असर देखिएकोछ । वित्तीय मध्यस्थता, शिक्षा, घरजग्गा, सार्वजनिक प्रशासनको मूल्य अभिवृद्धिमा मध्यम स्थिति रहने देखिन्छ । स्वास्थ्य क्षेत्रका सेवामा उल्लेख्य वृद्धि हुने देखिन्छ । यसको कुल गार्हस्थ्य उत्पादनमा लगभग दुई प्रतिशत योगदान रहन्छ । यी सम्पूर्ण पक्षहरुको विश्लेषण गर्दा यस वर्षको आर्थिक वृद्धि दर १.५ प्रतिशतको हाराहारीमा हुने सम्भाबना छ । हालको अवस्थामा सुधार गर्न सकिएन भने उक्त वृद्धि दर अझ कम हुने निश्चित छ । अर्थतन्त्रमा परस्पर हुने अर्न्तरसम्बन्ध र गुणात्मक सम्बन्धले समयमै अर्थतन्त्र चलायमान गर्न छिट्टै कदम चालिएन भने मुलुकमा समग्र आर्थिक संकटको जोखिम देखिन्छ । 

हुन त, नेपालले कहिले नाकाबन्दी त कहिले भुइँचालो भन्दै आर्थिक धक्का समयसमयमा बेहोर्दै आएको छ । नाकाबन्दीको समयमा आन्तरिक अर्थतन्त्र केही मात्रामा चलेको थियो । आन्तरिक अर्थतन्त्रमा बाह्य व्यवधान थियो । भुइँचालोको प्रभाव निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित  थियो । त्यसले गर्दा आन्तरिक अर्थतन्त्रमा व्यवधान देखियो । तर, त्यस बेला बाह्य क्षेत्रबाट सहयोग प्राप्त भएको थियो । उक्त प्रभावहरु अंग्रेजी अक्षर 'भी' (V) आकारका थिए । अर्थात् छिट्टै प्रभाव देखाउने र छिट्टै उठ्न सक्ने खालका थिए । जस्तै, आर्थिक वर्ष २०७०/७१ मा आर्थिक वृद्धिदर ५.७२ प्रतिशत थियो । अर्थतन्त्रमा परेको धक्काले आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धि दर ०.२०  प्रतिशतले तल खस्क्यो । त्यसलगत्तै आर्थिक वर्ष २०७३/७४  मा आर्थिक वृद्धि दर ७.७४ प्रतिशतले माथि आयो । तर, कोभिड–१९ को प्रभाव अलि फरक र बृहत् रूपमा पर्ने छ । आन्तरिक उत्पादनमा जटिलता, आयातनिर्यात व्यापारमा अवरोध र विप्रेषणमा देखिने अनिश्चितता तथा विश्व अर्थतन्त्रमा आउने मन्दीको असरले नेपालको अर्थतन्त्रलाई पुनर्ताजगीकरण गर्न लामो समय लाग्ने देखिन्छ । 

अर्थतन्त्र बचाउन तत्काल गर्नु पर्ने कार्यहरू 

अर्थतन्त्रमा राहतको आवश्यकता छ । अर्थतन्त्रलाई तत्काल चलायमान बनाउनु पनि एक प्रकारको प्रभावकारी राहत हो । यो लेख कसरी राहतलाई प्रभावकारी बनाउने भन्दापनि कसरी अर्थतन्त्रलाई चलायमान बनाउने भन्नेमा केन्द्रित छ ।

१.    नेपालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाममा समय मै पाइला चलेको हुनाले सम्भावित भयावहको स्थितिबाट पर धकेलिएको छ । यस अनुभवलाई अर्थतन्त्रमा पनि प्रयोग गर्नुपर्छ । मानिसहरूको व्यवहारमा परिवर्तन ल्याउन यस्तो पूर्ण लकडाउन अति आवश्यक थियो । यसको प्रभावकारिता पनि देखिएको छ । तर, आर्थिक पाटोबाट हेर्दा सबै क्षेत्रमा पूर्णरूपले लकडाउन गरिरहन उपयुक्त हुँदैन । आंशिकरूपमा चलेका अर्थतन्त्रका इन्जिनहरूलाई छिटो पुन: संचालनमा ल्याउन सजिलो हुन्छ भने लामो समयसम्म बन्द भएका इन्जिनलाई पुनः संचालनमा ल्याउन बढी समय र बढी लागत लाग्छ । लामो समयपछि पूर्णरूपले लकडाउन खुला गर्दा पनि अर्थतन्त्रलाई तत्काल चलायमान गराउन सकिँदैन । त्यसैले सबै क्षेत्रमा एउटै नीति अपनाएर हालको समस्याको समाधान खोज्नु उपयुक्त हुँदैन ।

२.    कोभिड–१९ को रोकथामका उपाय र अर्थतन्त्र चलायमान गराउने उपायबीच केही अन्तर्विरोधपूर्ण सम्बन्ध छन् । यही अन्तर्विरोधको बीचबाट समधान निकाल्नु पर्छ । कोभिड–१९ को रोकथाम र उपचारमा कुनै सम्झ्यौता नगरी अर्थतन्त्र चलायमान बनाउन हाम्रा प्रयास र नीतिमा क्रमशः परिमार्जन गर्नुपर्छ । कोभिड–१९ को रोकथाम र उपचारका कार्य तथा आर्थिक गतिविधि पुनः संचालनको व्यवस्थापनमा समन्वय हुनु जरुरी छ । दुवै क्षेत्रको रणनीति, कार्यक्रम तथा व्यवस्थापन  क्रमिकरूपमा लक्षित र विशिष्टीकृत गर्दै लैजानुपर्छ । पूरै लकडाउन गर्ने र पूरै लकडाउन एकै पटक खोल्नेभन्दा अर्थतन्त्रलाई व्यवसाय, जनसमुदाय, भौगोलिक क्षेत्र, कृषि वा निर्माण विशेष गर्दै चलायमान बनाउँदै लैजानुपर्छ । तर, उक्त विशिष्टीकरण गरिएका क्षेत्रभित्र कोभिड–१९ को रोकथामका उपायलाई भने निरन्तरता दिनुपर्छ । निश्चित क्षेत्रभित्र मात्र सञ्चालन हुने उद्योग र परियोजना बाहिर आवतजावत पूर्णरूपले बन्द गरी संचालन गर्न दिनुपर्छ । तर यस्ता निर्णय सही समयमा हुँदा बढी प्रभावकारी हुन्छन् । जस्तै जलविद्युत् परियोजनाहरूले 'आइसोलेसन'मै परियोजना चलाउन उर्जा मन्त्रीलाई लिखित अनुरोध गरे तर सबै श्रमिक घर गइसकेपछी निर्णय भयो । फलस्वरूप, अपेक्षित उपलब्धि हुन सकेन । 

३.    भारतबाहेक अन्य देशबाट आएका सम्भावित संक्रमण हुनसक्ने ९० प्रतिशत यात्रुको पहिचान भएको र नमुना परीक्षण भएको बताइएको छ । उनीहरूलाई थप एक महिना निगरानीमा राख्ने र बाँकी रहेकाको पहिचान र परीक्षण गर्नुपर्ने देखिन्छ ।

४.    भारतबाट आएका नेपालीबीच कोभिड–१९ को रोकथामका उपाय व्यवस्थितरूपमा कार्यन्वयन गर्न सकिएको छैन । भारतबाट नेपाल फर्किने क्रम जारिरहेको, भारत र नेपालको सिमाना नजिक पारिवारिक भेटघाट चलिरहेको, संक्रमणको सम्भावित व्यक्ति पत्ता लगाउन गाह्रो भएको अवस्था देखिन्छ । यसले गर्दा सुदूरपश्चिम, कर्णाली प्रदेश र तराईका  केही जिल्ला बढी  जोखिममा छन् । कोभिड–१९ को रोकथामका उपाय प्रभावकारीरूपमा कार्यन्वयन गर्न सुरक्षा निकायलाई बढी प्रभावकारी बनाउने र आवश्यक परेमा निर्वाचनको समयमा प्रयोगमा ल्याइएका म्यादी प्रहरी पनि परिचालन गर्नुपर्छ ।

५.    प्रमुख सहरी क्षेत्रमा र जोखिम रहेका क्षेत्रमा आवतजावत, सार्वजनिक यातायात, हवाई यातायात, जम्मा हुने, गफ गर्ने जस्ता कार्यलाई बन्द गरी निरन्तरता दिन उपयुक्त हुन्छ ।

६.    माल समान ढुवानी गर्ने, कृषि उत्पादन बजारसम्म पुर्याउने, कुखुरा पालन, पशु पालन गर्नेलाई कोभिड–१९बाट बच्न निश्चित मापदण्ड तयार गरी संचालन गर्न दिने व्यवस्था मिलाउनुपर्छ ।

७.    ससाना उद्योग, कृषि कार्य तथा ग्रामीण अर्थतन्त्र, स्वरोजगारमूलक व्यवसाय, निश्चित क्षेत्रभित्र वा एकलासमा (आइसोलेसन)मा स्थापित परियोजना व्यवसायको प्रकृतिअनुसार कोभिड–१९बाट बच्न निश्चित मापदण्ड तयार गरी  संचालन गर्न दिनुपर्छ ।

८.    सरकारी कार्यालय, बैकहरू निश्चित मापदण्ड तयार गरी संचालनमा ल्याउन पहल गर्नुपर्छ ।

९.    स्वास्थ्य क्षेत्रमा कोभिड–१९ लगायत अन्य रोगको उपचार र रोकथाममा कमी आउन नदिन सबै सरकारी, गैरसरकारी र निजी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई परिचालन गर्न र वित्तीय स्रोत बढाउनु पर्छ । 

यहाँ सुझाव गरिएका रणनीति लागु गर्न व्यापक जनचेतनाको आवश्यक हुन्छ । सरकारी एवं गैरसरकारी साझेदारी, नागरिक समाज, राजनीतिक पार्टीहरू एव यिनका भातृ संगठनहरू, र जनसंचारका माध्यमह  स्थानीयरूपमा व्यापक परिचालन गर्नुपर्छ । परिचालन हुने र गर्ने निश्चित मापदण्ड निर्माण गरिनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro