
मुम्बई । बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्य अवस्था सुधारमा आएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गएको आइतबार मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । त्यसको भोलिपल्ट उनलाई आईसीयूमा राखिएको जनाइएको थियो ।
उनको निगरानी गरिरहेका पल्मोनोलोजिस्ट डा. जलील पारकरले मंगलबार उनको स्वास्थ्य अपडेट जारी गरेका छन् । डा. जलीलका अनुसार उनको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । यद्यपि, उनलाई अझै अक्सिजनको सपोर्टमा राखिएको छ ।
अभिनेतालाई बाइलेटरल प्ल्युरल इफ्युजन भएको थियो । छातीभित्र फोक्सोको वरिपरि पानी जमिनुलाई चिकित्सकीय भाषामा ‘प्ल्युरल इफ्युज’ भनिन्छ । यसरी छातीमा बारम्बार पानी जम्मा हुँदा फोक्सोमा दबाबका कारण सास फेर्न गाह्रो हुन्छ ।
डा. जलीलका अनुसार अभिनेता दिलीपको छातीमा भरिएको पानी औषधिले कम भएको र दुई–तीन दिनमा उनको डिस्चार्ज हुनेछ । नवभारत टाइम्सबाट ।