site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोभिडविरुद्ध सफलता प्राप्त गर्नेछौँ, सरकारको नीति सही छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट जनातको ज्यान बचाउने विषयलाई महत्वका साथ लिएको जिकिर गरेका छन् । शुक्रबार गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्धाघटन कार्यक्रममा उनले कोभिड विरुद्ध सरकारको कदम प्रभावकारी भएको पनि दाबी गरे । 

“मानिसहरुको ज्यान गइरहेको छ । बहुत दुःखको कुरा हो । ज्यान बचाउने कुरालाई सबैभन्दा महत्वको विषय बनाएर सरकार हिँडिरहेको छ । हामीले लिएको नीति सही छ । हाम्रा कदमहरु प्रभावकारी छन,”ओलीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कोभिड विरुद्ध सफलता प्राप्त गर्ने संकल्पका साथ अघि बढ्न आग्रह गरे ।

“हामी कोभिड–१९ विरुद्ध सफलता प्राप्त गरी छाड्नेछौं । त्यो संकल्पमा सबै जुटौँ,” उनको आग्रह छ । 

ओलीले कोभिड–१९ का संक्रमितलाई बाटोमा पाल टाँगेर उपचार गर्ने अवस्था आउन नदिन आफूहरु लागिरहेको पनि उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्