site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल भेट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । पार्टी विवाद निर्णायक विन्दुमा पुगेका बेला ओली–नेपालबीच भेटवार्ता र संवाद तय हुन लागेको सुवास नेम्वाङले जानकारी दिए ।

“बिहान प्रधानमन्त्रीज्यूले माधव नेपाललाई फोन गर्नुभएको थियो । उहाँले दुई घण्टापछि खबर गर्छु भन्नुभएको थियो, गर्नुभएको छैन । उताबाट खबर आउनासाथ भेट तय हुन्छ,” नेम्वाङले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता नेता नेपाल पक्षले पनि भेटवार्ताको तयारी रहेको पुष्टि गर्‍यो । समय तय हुन बाँकी रहेको स्रोतले बतायो ।

बिहीबार नै नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरेको थियो । आइतबार नै बिहान अर्थमन्त्री विष्णु पौडेलले सहमतिका लागि नेता नेपाललाई प्रस्ताव गरेका थिए ।

नेपाल पक्षले सहमतिको गाँठो २०७५ जेठ २ मा अड्किएको बताएका छन् । जेड २ मा फर्कन ओली राजी भए बाँकी विषयमा सहमति खोज्न सकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्