site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा पदाधिकारी बैठक : नेताहरूबीच मत बाझिएपछि भोलि फेरि बस्नेगरी सकियो
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।

लोकतान्त्रिक पार्टी भएकाले फरकफरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए । 

बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरेर राष्ट्रिय राजनीतिमा योगदान पुग्नेगरी एकीकृत निर्णय गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्