site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमालेले तीन दिन शोक मनाउने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)ले वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका आफ्ना नेता पशुपति चौलागाईंको निधनमा आजदेखि तीन दिनसम्म शोक मनाउने भएको छ ।

थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्वाञ्जलि अर्पण गर्न दिवंगत नेता चौलागाईंको तस्बिर र शोकपुस्तिका राखिएको छ । केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाइने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Agni Group

यसैबीच, उपप्रधानमन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलले चौलागाईंप्रति श्रद्वाञ्जलि अर्पण गरेका छन् । आज पार्टी कार्यालयमा पुगेर पोखरेलले चौलागाईंप्रति श्रद्वाञ्जलि व्यक्त गरेका हुन् ।

कोभिड–१९ संक्रमणका कारण मंगलबार काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा चौलागाईंको निधन भएको थियो । उनको बुधबार अन्त्येष्टि गरिएको छ ।

Global Ime bank

वि.सं. २०१६ साल फागुनमा दोलखामा जन्मिएका चौलागाईंले २०३८ साल मंसिर ८ गते पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीको तत्कालीन युवा संघको केन्द्रीय अध्यक्ष, नेकपा (एमाले)को दोलखा जिल्ला कमिटी अध्यक्ष, वाग्मती अञ्चल कमिटी सचिव, इन्चार्ज हुँदै उनी पार्टीको पोलिटब्युरो सदस्य थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC