site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
प्रदेश १ मा ७२५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार ७२५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार १ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१३ महिला र ४१२ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ । संक्रमितमध्ये ३० हजार १६९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १३२ महिला र १४३ पुरुष सहित २७५, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८–८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७–७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २–२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०–२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउ जनाएको छ । 

त्यसैगरि  उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र  पाथिभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २०:२२
प्रतिक्रिया दिनुहोस्