site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १.९४ अंकले बढ्दा ६ अर्बको कारोबार, ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । सोमबार २६५२.७५ अंकमा बन्द भएर मंगलबार प्रि–ओपन सेसनमा सामान्य ओरालो लागेर २६५२.२७ अंकमा खुलेको नेप्से १.९४ अंकको सामान्य वृद्धि हुँदा २६५४.६९ अंकमा बन्द भएको छ ।

बजारमा सुरुवातदेखि नै उतार–चढाव देखिँदा ‘इन्ट्रा–डे’ कारोबारमा  २६६३.६४ अंकसम्म पुगेको नेप्से २६४०.४४ अंकसम्म झरेको थियो । बजार परिसूचक सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार साढे ७ अर्ब नाघेको कारोबार रकम आज ६ अर्बमा सीमित भएको छ । १ करोड ३० लाख १५ हजार १९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब  ५ करोड २२ लाख ३७ हजारको कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार, व्यापार, हाइड्रोपावर, उत्पादन, लघुवित्त, म्युचुअल फन्ड र  लगानी उपसूचक हरियो हुँदा बजारलाई लिड गनर्ने बैंकिङसँगैँ होटेल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, निर्जीवन र जीवन बिमा, तथा अन्य उपसूचकमा भने गिरावट भएको छ ।

लघुवित्त उपसूचक सर्वाधिक २.५६ प्रतिशतले वृद्धि हुँदा, व्यपार उपसूचक २.४३ प्रतिशत र हाइड्रोपावर उपसूचक १.२ प्रतिशतले बढेको छ । यता, होटेल तथा पर्यटन उपसूचक १.०६ प्रतिशत, अन्य उपसूचक ०.९५ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४३ प्रतिशतले करेक्सन भएको छ ।

Global Ime bank

आज कारोबार रकममा एनसीसी बैंकले लिड गरेको छ । बैंकको २३ करोड ९ लाख ६४ हजारको कारोबार भएको छ । यस्तै, अरुण काबेली हाइड्रोपावरको २१ करोड ८३ लाख ९३ हजार र ग्रामीण विकास लघुवित्तको १६ करोड ८९ लाख ६८ हजारको कारोबार भएको छ ।

बजार परिसूचकमा सामान्य मात्रै वृद्धि भए पनि ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश लघुवित्त र हाइड्रोपावर कम्पनी रहेका छन् । समता लघुवित्त महिला लघुवित्त, विशालबजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, रुरु जलविद्युत् परियोजना, सिंगटी हाइड्रो इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक  सर्किट लागेको छ ।

यता, चन्द्रागिरि हिल्सको सेयर मूल्य १.९८ प्रतिशतले  घट्दा  एनएलजी इन्स्योरेन्सको १.७३ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको १.६३ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १.५१ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएको १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घट्यो । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC