site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यूएईमा सुरु भयो सलमानको ‘राधे’ को एडभान्स बुकिङ, हलसँगै अनलाइनमा पनि रिलिज हुने

मुम्बई । अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ को यूएईमा एडभान्स बुकिङ सुरु भएको छ । यस कुराको जानकारी सलमान स्वयंमले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत गरेका हुन् । 

सलमान लेख्छन्, “राधे को एडभान्स बुकिङ यूएईमा सुरु भइसकेको छ । हलमा भेट्ने छौँ । सुरक्षित रहनुहोला !” साथै उनले हलहरूको नाम पनि उल्लेख गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र यही इद (मे १३) मा भारत लगायत यूएईका हल र डिजिटल प्लेटफर्ममार्फत एकैपटक रिलिज हुँदैछ । डिजिटल प्लेटफर्म जिप्लेक्समा उनको चलचित्र एकपटक हेर्नको लागि भारु २४९ तिर्नुपर्ने छ । 

प्रभु देवाको निर्देशनमा बनेको यस चलचित्रमा सलमान एक प्रहरीको भुमिकामा छन् । उनका साथै चलचित्रमा दिशा पटानी, ज्याकी श्राफ र रणदीप हुड्डाको पनि अभिनय रहेको छ । 

यस चलचित्रमा सलमानले आफ्नै कुरा ब्रेक गरेका छन् । अर्थात सलमानले यस चलचित्रमा पहिलोपटक किस गर्न लागेको उनी स्वयंमले स्विकारेका हुन् । तर उनले चलचित्रकी अभिनेत्री दिशासँग नभई टेपमा गरेको पनि सलमानले जानकारी दिएका छन् । नवभारत टाइम्सबाट

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:३२
प्रतिक्रिया दिनुहोस्