site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री नै भन्छन्– लकडाउन नहुने के ग्यारेन्टी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए फेरि पनि लकडाउन हुन सक्ने संकेत गरेका छन् ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अब पनि कोभिडलाई सावधानी पुर्वक सामना गर्नुबाहेक अरु  उपाय प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री ओलीले थपे, “सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौ भन्ने के ग्यारेन्टी ?”

छिमेकी मुुलुक भारतमा एकैदिन डेढ लाख जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्ना उद्योग व्यवयाय अनुशासित ढंगले चलाउन पनि आग्रह गरे ।
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०५:३०
प्रतिक्रिया दिनुहोस्