site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यती एयरलाइन्सको ‘यति मिठो अफर’ : १५ प्रतिशतसम्म सहुलियत मिल्ने

काठमाडौं । यती एअरलाइन्सको मोबाइल एप्सलाई प्रभावकारी बनाउने उद्देश्यले एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई ‘फुडमाण्डु’मा सहुलियत दिने भएको छ । एअरलाइन्सले आफ्नो एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई चर्चित अनलाइन फुड डेलीभरी सर्भिस फुडमाण्डु मार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत वा ५०० सम्मको सहुलियत दिने व्यवस्था गरेको जनाएको छ ।  

यती एअरलाइन्सको एप्स डाउनलोड गरी रजिष्ट्रर गरेपछि एउटा युनिक कोड प्राप्त गर्न सकिने र फुडमाण्डुमा खानेकुरा अर्डर गर्दा कोड प्रयोग गरी ५०० सम्म सहुलियत पाइने एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो सहुलियत प्राप्त गर्नका लागि कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गरिसक्नुपर्नेछ । ‘यति मिठो अफर’ हालको लागि ३ महिनासम्म रहने उनले जनाएका छन् ।

यती एअरलाइन्सको एप्स डाउनलोड गरी यात्रुले टिकट खरिद गर्दा हवाई भाडामा आकर्षक छुट समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्