site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ घोषणा  

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ घोषणा भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले यसबारे जानकारी दिएको हो । 

नेपाली ललितकलाको विकास, संरक्षण तथा प्रवद्र्धनका लागि प्रतिष्ठानले हरेक वर्ष ललितकला प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । जसमा देशका सुगमदेखि दुर्गम क्षेत्रका कलाकारहरुका उत्कृष्ट कलाकृतिहरु प्रदर्शनीमा राखिने छन् । कोभिड–१९ का कारण गतवर्ष प्रदर्शनी अनलाइन माध्यममा मात्रै सीमित भएको थियो । यसवर्ष यसलाई अझै प्रभावकारी, सान्दर्भिक र समावेशी बनाउने प्रयत्न गरेको विज्ञप्तीमा उल्लेख छ । यसका लागि प्रतिष्ठानले कार्यविधि बनाएर विभिन्न समिति तथा उपसमितिहरुको गठन गरेर छलफल गरिरहेको छ ।
 
वर्ष २०७८ मा आयोजना हुन लागेको प्रदर्शनीका लागि देशभरबाट कुल ४७२ कलाकारहरुका ५४२ कलाकृतिहरु उपलब्ध भएका छन् । जसमध्ये विधागतरुपमा गठित समितिद्वारा छनोट भएका ४४३ कलाकारका ४९५ कलाकृतिहरु प्रदर्शनीमा राखिने छन् । छनोटमा परेका कलाकृतिहरुमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वागमती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट ९ र सुदूरपश्चिम प्रदेशबाट ८ जना कलाकारको ललितकला समावेश गरिएको छ ।
 
छनोटमा परेका कलाकृतिहरुलाई राष्ट्रिय ललितकला पुरस्कार एवम विशेष पुरस्कारद्वारा पुरस्कृत गरिने छ । यस्तै दशकौंदेखि ललितकला क्षेत्रमा निरन्तर लागिरहेका दुई कलाकारहरुलाई अरनीको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान २०७८ द्वारा सम्मानित गरिने छ । त्यस्तै ललितकला पत्रकारिता÷लेखनको क्षेत्रमा योगदान पुर्याउदै आइरहेका कलाकार एवम कलालेखक एक/एक जनालाई ललितकला पत्रकारिता र ललितकला लेखन पुरस्कार २०७८ द्वारा सम्मानित गरिने छ । 

राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन वैशाख २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने छ । प्रदर्शनी जेठ २ गते अर्थात एक महिनासम्म चल्ने छ । सोमबार प्रदर्शनीको घोषणाका साथै सम्मान तथा पुरस्कार प्राप्त गर्ने कलाकार तथा कला लेखकहरुको नाम पनि सार्वजनिक गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसमा राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान वत्सगोपाल वैद्यले र प्रवीणकुमार श्रेष्ठले पाउँदैछन् । सम्मान स्वरुप उनीहरुलाई एक–एक लाख नगद प्रदान गरिने छ । 

त्यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार २०७८ मा नविन्द्र राजभण्डारीको नाम सार्वजनिक गरिएको छ । राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारबाट दीपक श्रेष्ठ सम्मानीत हुँदैछन् । उनीहरु दुबैलाई नगद रु। २५–२५ हजार प्रदान गरिने छ । 

प्रदर्शनीमा संलग्न कलाकारहरुले प्रदान गर्ने पुरस्कारको नाम र सूचीसहित

 

 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्