साहित्य

काठमाडौं । अभिनेता कार्म र लक्ष्मी बर्देवा पहिलो पल्ट पर्दामा एक साथ देखिने भएका छन् । थिएटरको पृष्ठभूमिबाट आएका दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार नै भक्तपुरबाट सुटिङ सुरु भएको छ ।
एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले चलचित्रको कथासँगै एकसाथ चलचित्र गर्ने रहरले आएको प्रस्ताव स्विकार गरेको बताए ।
टाइम ट्राभल लभस्टोरी विधाको चलचित्रलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् ।
अस्कर फिल्मकलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले चलचित्रले प्रेमका लागि गर्ने त्यागको कथा पेस गर्ने बताए ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७ १९:०७
प्रतिक्रिया दिनुहोस्