
मुम्बई । भारतीय गायक बप्पी लहिरी कोरोना संक्रमणपछि आईसीयूमा छन् । हालै उनलाई भेट्न लस एन्जलसमा रहेर सांगीतिक करिअर अगाडि बढाइरहेका उनका छोरा बप्पा भारत आएका छन् ।
बप्पीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै बप्पा भन्छन्, “मेरो बुबाको स्वास्थ अवस्था अहिले स्थिर छ । तर, उहाँ आईसीयूमा हुनुहुन्छ । बुधबार उहाँमा कोभिड–१९ को सामान्य संक्रमण देखिएको थियो । तर, चिन्ताको कुरा भनेको उहाँमा पहिलेदेखि नै पल्मोनरी छ । उहाँ ब्रिच क्यान्डी अस्पतालमा हुनुहुन्छ । हामी उहाँलाई भेट्न पाउँदैनौं । उहाँ डा. उडवाडियाको सुपरिवेक्षणमा हुनुहुन्छ । उहाँले राम्रो केयर पाइरहनु भएको छ भन्ने कुरामा हामी ढुक्क छौं ।”
कोरोना संक्रमित हुनु अगाडिको अन्तर्वार्तामा उनले कोरोना संक्रमणको डर रहेको भन्दै सबैलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका थिए ।
बलिउड हंगामा