बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लाकोजू र पौडेल पुरस्कृत  
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत १९, २०७७
Laxmi Bank
Laxmi Bank

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठानले दिँदै आएको ‘बम–सरस्वती स्मृति पुरस्कार’ यो वर्ष साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरेको छ । लामो समयदेखि नेपाली साहित्यमा सक्रिय रहेबापत सो पुरस्कार लाकोजूलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, डा. षडानन्द पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिएको छ । काजी रोशनका बारेमा लेखिएको खोजमूलक कृति ‘काजी रोशनको काव्य साधना’का लागि पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

Rohto Landing

Agani Group

कार्यक्रमका प्रमुख अतिथि डा. रामप्रसाद उपाध्यायले साहित्यकार लाकोजू र पौडेललाई सम्मानपत्र, दोसल्ला र नगद राशिसहितको पुरस्कार प्रदान गरे । कार्यक्रममा राधिका कल्पितको ‘बरफका कोइला’ नामक कृति पनि सार्वजनिक गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष काजी रोशनको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. रामप्रसाद उपाध्याय, काजी रोशन, सूर्यप्रसाद लाकोजू, डा. षडानन्द पौडेल, विजयराम कर्माचार्य, राधिका कल्पितलगायतले आफ्नो धारणा राखेका थिए ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्