site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान
Sarbottam CementSarbottam Cement

गलकोट । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्याम्प सुनसान भएको अष्ट्रेलियन क्याम्पका पर्यटन व्यवसायी बताउँछन् ।

कुनै बेलाको गौचरन ठूलो खर्क अहिले पर्यटनका लागि प्रख्यात भए पनि कोरोनाले समस्या ल्याएको ट्रेकिङ व्यवसायी बताउँछन् । पोखराको फेदीदेखि पदयात्रामार्फत धम्पुस हुँदै अष्ट्रेलियन क्याम्प र अष्ट्रेलियन क्याम्प हुँदै फर्किँदा काँडे आउने पदमार्गको रुट छ तर पछिल्लो समय धम्पुससम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाइकिङ गरी अष्ट्रेलियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छे« हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिएपछि अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान भएको अष्ट्रेलियन क्याम्पमा २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अष्ट्रेलियन क्याम्प गेष्टहाउस तथा रेष्टुरेण्टका सञ्चालक हरिबहादुर केसीले बताए । 

“यो स्थान विशेषगरी विदेशी पर्यटकको रोजाइमा पर्दछ, सिजनमा पूरै क्याम्प नै भरिने गरी पर्यटक आउँथे”, केसीले भने, “सिजनको समयमा झण्डै दैनिक ३०० विदेशी पर्यटक आउने अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान छ ।” कोरोनापछि केही आन्तरिक पर्यटक हाइकिङका लागि मात्रै आउने गरेको केसीको भनाइ छ । अष्ट्रेलियन क्याम्पमा झण्डै रु तीन करोड लगानीमा होटल व्यवसाय सञ्चालनमा ल्याएका उनले अहिलेजस्तो सुनसान २० वर्षको अवधिमा कहिल्यै नभएको बताए । अहिले होटलमा कामदार छैनन् । परिवारका सदस्यमात्रै पर्यटक कुरेर बस्दै आएका छन् । कोरोनाअघि उक्त होटलमा चार कामदार थिए । अहिले होटलमा पर्यटक आउन छोडेपछि कामदारलाई बिदा दिइएको हो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC