site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज ! एमाले र माओवादी ब्युँतिए 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् ।

सर्वोच्च अदालतले आज गरेको फैसलामा भनिएको छ,“निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।”

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो ।
सर्वोच्चको यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज भएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्