site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक तर बढ्यो जीडीपीको आकार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष पाँचौँपटक परिवर्तन भएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार परिवर्तन भएको जनाएको छ ।

हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाका आधार वर्ष सन् २०००/०१  प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुने राष्ट्रिय लेखा तथ्यांक तयार गरिएको छ 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनसँगै नेपालको अर्थतन्त्रको आकार पनि बढेको छ । पुराना आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेकोमा आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा  गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको विभागले जनाएको छ । आधार वर्ष परिवर्तन गर्नुपूर्व नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतले हुने प्रक्षेपण रहेको थियो ।

Global Ime bank

आधार वर्ष परिवर्तनले बढ्यो प्रतिव्यक्ति आय
राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागले जनाएको छ ।

आधार वर्ष परिवर्तन हुँदा नेपलको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् । नेपालमा पाँचौँपटक आधार वर्ष परिवर्तन भएको विभागले जनाएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन हुँदा अर्थतन्त्रमा खासै परिवर्तन नहुने तर परिष्कृत, विश्वसनीय र समयसापेक्ष तथ्यांक आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विश्वमा पनि हरेक १० वर्षमा राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन गर्ने गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC