site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१३ वर्षपछि नेपाल पर्यटन बोर्डमा उपाध्यक्ष चयन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले बोर्ड कार्यकारी समितिका सदस्य चन्द्रप्रसाद रिजाललाई बोर्डको उपाध्यक्षमा चयन गरेको छ ।

रिजालसहित ङावा ङिमा शेर्पा र कृष्णकुमार शाह गत माघ २३ गते कार्यकारी समिति सदस्य नियुक्त भएका थिए । बोर्डमा विप्लव पौडेल र पम्फा धमला यसअघि नै सदस्यमा पदमा छन् । टानका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी रिजाल उपाध्यक्ष चयन भएसँगै पर्यटन बोर्डले १३ वर्षपछि उपाध्यक्ष पाएको छ ।

पछिल्लोपटक २०६४ कात्तिक २२ गते पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ उपाध्यक्ष भएपछि हालसम्म उपाध्यक्ष यो पद खाली थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्