site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अदालतप्रतिको आस्था अझ बढ्ने भयो, लोकतन्त्रलाई राम्रो भयो : सुजाता 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रतिनिधिसभा पुन:स्थापना गर्ने निर्णयले अदालतमाथिको विश्वास बढेर गएको बताएकी छन् । फैसलापछि बाह्रखरिसँगको संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ कोइरालाले फैसला जनता र संविधानका पक्षमा आएको बताइन् ।

"आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ यसले देशलाई राजनीतिक स्थिरतातर्फ लागेको छ, यो निर्णयसँगै अदालतको विश्वास र गरिमा पनि थप बढेको छ," कोइरालले भनिन् । उनले सर्वोच्चको आदेशले संविधान र व्यवस्था जोगाउने कामसमेत गरेको बताइन् ।

"सुरुदेखि नै मैले संसद् विघटनलाई असंवैधानिक भनेकी थिएँ तर अदालतको निर्णयलाई स्वीकार गर्ने बताउँदै आएकी थिएँ," नेतृ कोइरालले भनेकी छन्, "फैसलाले अदालतप्रति हाम्रो विश्वास र अदालतको गरिमा अझ बढेको छ । संविधान जोगिएको छ जनताको जित भएको छ ।" उनले अदालतको ऐेतिहासिक निर्णय, संविधानको मर्म र भावनासँग जोडिएको भन्दै फैसलाले फेरि एकपटक विधिको शासनको जित भएको बताइन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:३४
प्रतिक्रिया दिनुहोस्