बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संसद् पुन:स्थापना शासन सनकमा हैन विधिले मात्र चल्छ भन्ने सर्वोच्चले स्थापित गरिदयो : गगन थापा 
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनर्थापना गरिदिएर देशलाई विधिको शासनको मूल ट्रयाकमा फर्काइदिएको बताएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै बाह्रखरीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सर्वोच्चले सनकको शासनलाई लगाम लगाइदिएको बताए । “सर्वोच्च अदालतले फेरि एकपटक जस्तोसुकै अफ्ठ्यारोमा पनि हाम्रो न्यायलयसँग विवेक पुर्‍याएर निर्णय गर्ने क्षमता छ भन्ने कुरा स्थापित गरेको छ । कार्यकारी प्रधानमन्त्री र संविधानको रक्षक राष्ट्रपति चुक्दै गर्दा न्यायपालिकाले देशलाई संविधानको ट्रयाकमा ल्याइदिएको छ,” थापाले बाह्रखरीसँग भने, “अब बाँकी रहेका काम राजनीतिक दलले सुझबुझपूर्ण ढंगले अघि बढाउनुपर्छ ।” उनले सर्वोच्चको फैसलाले संविधानभन्दा माथि कोही पनि हुँदैन भन्ने पाठ सिकाएको बताए ।

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्