site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामी युद्धमा नै छौँ :  प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ५ गतेयता आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकको विमोचन गर्दै उनले प्रतिगमनविरुद्ध शान्तिपूर्ण युद्धमा रहेको बताए ।

“हामी फेरि एकचोटि जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुको अपहरण गर्ने अपहरणकारीहरुका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमा नै छौँ । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन,’’ उनले भने, “पुस ५ गतेदेखि हामी फागुन ११ गतेसम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौँ । देशव्यापी रूपमा तपाइँ–हामी युद्धमा नै छौँ । अर्को पक्ष हतियारबद्ध भएर दबाउन बल गर्न खोज्दै छ ।’’ उनले युद्ध जित्न संकल्प गर्न आवश्यक रहेको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डले अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास रहेको उल्लेख गरे । “हाम्रो अदालतप्रति विश्वास छैन भन्न खोजेकै छैन । मैले सबै सार्वजनिक सभामा भनेको छु, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ,’’उनले भने ।

उनले आफूहरुले एकताको झन्डा उठाएको र प्रधानमन्त्री केपी शर्मा ओली फुटतर्फ गएको जिकिर गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC