site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुरक्षा परिषद्को बैठक बस्दै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बोलाएको परिषद्को बैठक विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित हुने बताइएको छ । 

राष्ट्रिय विपद् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन तथा देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार परिषद् बैठक बस्ने प्रचलन छ । यद्यपि, रक्षा मन्त्रालय स्रोतले आज बस्ने वैठकलाई नियमित भनेको छ । 
यसअघि कात्तिक ५ गते परिषद् बैठक बसेको थियो ।

प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति  सदस्य हुने कानुनी प्रावधान छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC