site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मदन भण्डारी नेपाली राजनीतिको महत्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक कार्यक्रममा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताए । 

फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उनको भनाइ थियो । जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उनले प्रष्ट पारे ।  रासस

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०७:३४
प्रतिक्रिया दिनुहोस्