site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सपनाको पुनरावृत्ति

सपनाको पुनरावृत्ति

नहराउँन देखेको सपनाहरू
बिहानै नदीमा पुगेर नुहाउन
नदीजस्तै
निर्मल बनेर बगिरहुन्
सुखरात्रिमा देखेको सपना

मिसिँदै जाऊन्
विपनासँगै सपनाका मिठासहरू
सपनाका सुललित प्रवाह
विपनाको समुद्रसम्म पुगेर फर्किउन
उठेर सपनाको तरङ्ग
आकासमा पुगेर
पुनः जुन बनेर उदाउन
विपना बन्न सक्ने गरी
उदाउन आँखाभरि सपनाका किरणहरू

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समयसँगै नगुमोस् सपनाको परिचय
वेग हानेर नउडोस् सपनाको यान
उदाओस् सपनाको ध्रुवतारा
मेटाउन सकोस् सपनाले विपनाको झल्को
फुल्दै, फक्रँदै, झुल्कँदै, उदाउँदै
भइरहोस् सुखद सपनाको पुनरावृत्ति ।

० ० ०

अणुबाट अणुमै

जीवन पर्यन्त
तृष्णाले आतुर छ आर्यघाट
चिताले न रजस्वला देख्छ
न उमेर
न देख्छ नाङ्गो पेट
मस्तक फुटाउने तातो आगो ओकलेर
मसान मनाउँछ मान्छेको मृत्योत्सव

कतै मैनबत्ती
कतै चितापिण्ड
कतै उशीर

त्रिकाठीमा बालेको एकजोर बत्तीले
कसरी देखाउला र
प्रकाशमय स्वरूपको बाटो

शून्यबाट शून्यमा जान कै लागि
अणुबाट अणु मै जानका लागि
अतीत मौन बनाएर
मौनव्रति बन्दै
समाधीस्थ हुनु मै छ जीवनको सौरभ ।
(गोदावरी)

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०६:४७
प्रतिक्रिया दिनुहोस्