बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गायिका डेमीले जिन्दगीको कालो दिनलाई सम्झिँदा...
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, फागुन ६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । अमेरिकन गायिका डेमी लोभाटोले हालै आफ्नो व्यक्तिगत जिन्दगीका कालो दिनलाई दर्शकसामु सेयर गरेकी छिन् । हालै उनले लागुऔषधको अधिक सेवनका कारण भएको मानसिक तनाव र अस्पतालमा गर्नुपरेको कष्टबारे खुलेर बोलेकी छिन् ।

डेमीले यी सबैकुरा उनको आउन लागेको युट्युब डकुमेन्ट्रीको ट्रेलरमा भनेकी हुन् । ‘डेमी लोभाटोः डान्सिङ विथ द डेभिल’ नाम चार भागको युट्युब डकुमेन्ट्रीको बुधबार ट्रेलर रिलिज गरिएको छ । 

Global bank

Agani Group

जसमा गायिका डेमीले सन् २०१८ मा ‘हिरोइन’ नामक लागुऔषधको अधिक सेवनका कारण धेरैपटक स्ट्रोकबाट गुज्रिनु परेको र ह्दयाघात भएको बताएकी हुन् । जसका कारण उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गर्नुपरेको थियो ।

“म सँग ५ देखि १० मिनेट मात्रै समय छ भनेर डाक्टरहरुले भन्नुभएको थियो,” रिलिज ट्रेलरमा उनले भनेकी छिन् । 
त्यसको असर अहिलेसम्म पनि भोगिरहेको डेमीले पत्रकारसँगको भर्चुअल भेटमा भनेकी छिन् । “त्यसको असर म आजसम्म पनि भोगिरहेको छु, मेरो ब्रेन ड्यामेज भयो । म कार चलाउँदिन किनभने त्यसलेगर्दा मेरो आँखाको दुष्टि धमिलो भएको छ । लामो समयसम्म मलाई पढ्नमा समस्या भएको थियो ।”

sarbottam cement

मार्च २३ मा प्रिमियर हुन लागेको डेमीको युट्युब डकुमेन्ट्रीमा दुर्व्यवहारबारे र उपचार र सशक्तीकरणको प्रक्रियाबारे देखाइनेछ ।
-सीएनएन

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, फागुन ६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्