site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशबाट देश चलाउनु तानाशाही : नेता कर्ण 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले अध्यादेशबाट देश चलाउनु तानाशाही हुने बताएका छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।  “देश कानूनबाट चल्छ । कानून संसदबाट आउनुपर्छ । संसदीय व्यवस्था नै यही हो । अध्यादेशबाट देश चलाउने लागे भने तानाशाही कुरा हुन्छ ,” जसपाका सांसद समेत रहेका कर्णले भने । 

संसद बोलाउनुपर्ने बेलामा अहिले अध्यादेश ल्याउनु गलत भएको पनि उनले बताए ।  कर्णले सत्तारुढ पार्टी नेकपाभित्रको विचलनले अध्यादेश आएको भन्दै उनले अध्यादेश संसदमा आएपछि छलफल हुने बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्