site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जब ओली बैठकमा ‘लतारिएर’ आए...
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकप्रति खासै रुचि छैन । पार्टी कमिटीले ‘कोर अफ् द लिडरसिप’को दर्जा दिएको, राजनीतिक र साङ्गठनिक निर्णय गर्ने थलोको रूपमा परिभाषित गरेको सचिवालयको बैठक बोलाउन आनकानी गरेपछि गत कात्तिक २२ गते पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै पत्र बोकेर बालुवाटार जानुपरेको थियो, बैठक बोलाउन सहमतिको माग गर्दै । ओलीले बैठक डाक्न सहमतिको दिनुको सट्टा पाँच पृष्ठ लामो पत्र लेखेर ‘फायर’ खोलेको प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरू बताउँछन् ।

त्यसपछि नेकपामा पत्रको दोहोरी नै चल्यो । अहिले नेकपाभित्रको विवादको कारण नै त्यही पत्र–शृङ्खला बनेको छ ।

त्यसपछि पनि प्रधानमन्त्री ओलीले बैठक राख्न तदारूकता देखाएनन् । सचिवालयका बहुमत सदस्यले जिद्दि नछाडेपछि सचिवालयको बैठक राख्नसम्म सहमत भएका थिए । स्थायी कमिटी बैठकप्रति भने उनको ‘दृष्टिकोण’ यथावत् थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मङ्सिर २० गते बसेको सचिवालयको ७० औं बैठकमा ओलीले ‘कार्यसूची नै तय भएको छैन, प्रस्ताव तयार नपारी स्थायी कमिटीमा के रत्यौली खेल्न जाने ?’ भन्दै टिप्पणी गरेका थिए । र, यस्ता बैठकको कुनै उपादेयता छैन भन्दै सचिवालय बैठकबाट उठेर हिँडेका थिए ।

नभन्दै ओली भोलिपल्टको बैठकमा उपस्थित भएनन् । बरु पत्र लेखेर पठाए । ओलीको अनुपस्थितिको कारणसहितको पत्र सचिवालय सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मा पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए ।

Global Ime bank

तिनै प्रधानमन्त्री केपी शर्मा ओली आइतबारको स्थायी कमिटी बैठकमा उपस्थित भएका छन् । प्रचण्डले सहमतिविपरीत एकतर्फीरूपमा आयोजना गरेको दर्जा दिँदै आएका बैठकमा उपस्थित हुनुलाई सचिवालय सदस्यहरूले ओली ‘लतारिए’को टिप्पणी गर्न थालेका छन् ।

“प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकप्रति कुनै रुचि थिएन । बैठकमै आउँदिन भन्दै जिद्दि गरिरहेका थिए । बैठकमा आए । बैठकलाई स्वीकार पनि गरे,” नेकपाका एक सचिवालय सदस्य भन्छन्, “त्यो बैठकको आफ्नै ढङ्गको जितको कुरा पनि हो । बैठकलाई स्वीकार गर्दिनँ भन्दाभन्दै पनि स्वीकार्न बाध्य हुनुपर्यो ।”

यसले कमिटी, बैठक र सामूहिकता नै सर्वोपरि हुन्छ भन्ने स्थापित सत्यलाई ओलीले पनि स्वीकार गर्न बाध्य भएको ती सदस्यको निचोड छ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीको उपस्थितिले पार्टी प्रणाली स्थापित भएको बताउँछन् । “कमिटीले जे निर्णय गर्छ हामी सबैले त्यसलाई मान्नुपर्छ । कम्युनिस्ट पार्टीमा कमिटी प्रणाली नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ,” खनालले बाह्रखरीसँग भने, “कमिटीले गर्ने निर्णयलाई हामी सबैले अनुशरण गरेर अघि बढ्नुपर्छ । अहिले पनि स्थायी कमिटीले जे निर्णय गर्छ, त्यसलाई हामी सबैले मान्नुपर्छ ।”

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि ओली बैठकमा उपस्थित भएकाले परिस्थिति अलिकति सकारात्मक बनेको बताउँछन् । आजको बैठकमा प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमति केही निस्किइहाल्छ कि भनेर समय दिन खोजेकाले कमिटीले त्यसलाई स्वीकार गरेको बताउँछन् ।

“पार्टी अध्यक्षद्वय र महासचिवको पनि त्यही इच्छा देखियो । बैठकले पनि हुन्छ नि त सहमति र समझदारीको प्रयास गरौं न त थप दुईदिन बैठक स्थगति गर्ने निर्णय गरेको हो,” उनी भन्छन्, “यसअघि पनि सात दिन समय नदिएको होइन । समयलाई आफूअनुकूल बदल्न सकिन्छ भन्ने पनि हुनसक्छ । उहाँले समस्या हल गर्न खोजेको हो कि, दाउपेचमात्रै खोजेको हो भन्ने कुरा घटनाक्रमबाट पुस्टि भइहाल्छ । त्यसपछि के गर्ने हो कमिटीले सोचेकै छ । सदस्यहरू हामी नै हौं । जति ढिला गरे पनि हामी बदलिँदैनौं ।”

उनले बहुमत सदस्यहरू मानसिकरूपमा तयारी हालतमा बसेको बताए । समस्यालाई जति लम्ब्याए पनि समाधान ननिस्कने भन्दै बैठकले नै विधिसम्म निकास खोज्ने उनको भनाइ थियो ।

यता, संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री ओलीले बैठकमा आउँदिन भनेर कहिले पनि नभनेको जिकिर गर्छन् । “उहाँले बैठकमा आउँदिन, सहभागी हुन्न, निर्णय मान्दिनँ भनेर भन्नुभएको छैन । तर, प्रचार त्यसरी नै भइरहेको छ,” उनी भन्छन् ।

दुवै अध्यक्षलाई भेटेर आफूले केही समय लिएर समझदारी खोज्न आग्रह गरेको बताउँछन् । पार्टी अध्यक्ष प्रचण्ड भेट्न नेम्वाङ आइतबार बिहानै खुमलटार पुगेका थिए । कुराकानीमा क्रममा प्रचण्डलाई समय लिएर भए पनि दुई अध्यक्ष मिल्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको नेम्वाङको भनाइ थियो । “नेकपाभित्र विवाद देखापर्दा प्रणालीमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा तपाईंहरू मिल्नुपर्दैन ? भनेर प्रश्न गरेँ,” नेम्वाङले बाह्रखरीसँग भने ।

प्रचण्डसँगको समझदारीअनुरूप नै कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको बैठक टुङ्ग्याएको र दुईदिन स्थगित गरिएको ओलीनिकट नेताहरू बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC