site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली पक्ष भन्छ– केन्द्रको विवाद तल बोकेर आएपछि पाण्डेविरूद्ध कार्यकर्ताले नारा लगाएका हुन्
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चितवन, राप्ती नगरमा नेकपाका नेता सुरेन्द्र पाण्डेविरूद्ध आफ्नै कार्यकर्ताले नाराजुलुस गरेका छन् । माधव नेपाल निकट रहेका पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुनियोजित तरिकाले नगर कमिटीको विथोल्न खोजेको आरोप लगाएका छन् ।
तर, पार्टी अध्यक्ष ओली पक्षले भने पाण्डेले पार्टी केन्द्रको विवाद तल ल्याएकाले कार्यकर्ताले प्रतिवाद गरेको बताउँछन् ।

“कार्यक्रममा म पनि सहभागी थिएँ,” राप्ती नगरकी मेयर प्रभा बरालले बाह्रखरीसँग भनिन्, “उहाँ (सुरेन्द्र पाण्डे)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकै कारण समस्या सिर्जना भयो, स्थायी कमिटीको निर्णय कार्यान्वयन भएन भनेर बताइरहँदा तलबाट कार्यकर्ताले नाराजुलुस गरेका हुन् । पार्टी केन्द्रको विवाद यहाँ किन ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।”

उनले कोही कसैविरूद्ध जिन्दावाद, मुर्दावादको नारा नलागेको बरु पार्टी एकता जिन्दावाद भनिएको जिकिर गरिन् । “पार्टीको माथिल्लो तहको विवाद तल ल्याउनु हुँदैन । एकता कायम राख्नुपर्छ भन्ने उहाँहरूको आशय थियो,” मेयर बरालले भनिन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्