site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘पार्टी एकताको डोरी चुँडिएको छैन’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीति प्रतिवेदन पेश गर्दैमा एकताको डोरी चुँडिएको ठान्नुनहुने र समाधान नै नहुने अर्थमा बुझ्न पनि नहुने बताएका छन् । प्रचण्डले शुक्रबार संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पार्टी मुख्यालयमा बोलाएका थिए । त्यहाँ उनले एकताको डोरी नचुँडिएको र अहिलेको गतिरोधको निकास खोजिने बताएको नेम्वाङले बताएका हुन् ।

“तपाईंहरू दुईजनाले सहमति गरेर पार्टी एकता सुरु भएको, यहाँसम्म आइपुग्यौँ । हिजो विवाद उत्पन्न भएपछि तपाईं दुईजना अध्यक्षकै पहल प्रयासमा हामीले एउटा कार्यदल बनायौं, त्यसको आधारमा सहमति तयार ग¥यौं । सचिवालय प्रस्ताव तयार पा¥यो । स्थायी कमिटीले एउटा निर्णय ग¥यो,” भेटपछि नेम्वाङले बाह्रखरीसँग भने, “फेरि किन विवाद सिर्जना भयो भनेर आफ्ना कुरा राखेँ ।”

अहिलेका गतिविधि स्थायी कमिटी बैठकको निर्णयविपरीत देखा परेको धारणा राखेको नेम्वाङको भनाइ थियो । “त्यसकारण त्यो सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई एकजुट बनाएर लिएर जानुबाहेक हामीसँग कुनै विकल्प छैन । भोलि कार्यकर्ता र जनतालाई के जवाफ दिने ? भनेर राखेँ,” उनले भने । त्यस्तै आजको भेटमा नेम्वाङले सचिवालय बैठकमा गरिएका गल्ती (एकल प्रस्ताव राख्ने) सच्याउन आग्रह गरेको पनि बताए । जवाफमा प्रचण्डले परिस्थिति गम्भीर भए पनि समाधान गर्न असम्भव भने नभएको बताएको नेम्वाङको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC