site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी पारित
SkywellSkywell

काठमाडौं । प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी राखियोस् भन्ने प्रस्ताव पारित भएको छ । 

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा अहिले मत विभाजन जारी छ । प्रदेशको नामको विषयमा धेरै विवाद नभएकाले प्रदेश केन्द् दुई तिहाइले पारित भएसँगै लुम्बिनी नाम पनि पारित हुने पक्का देखिएको छ ।

KFC Island Ad
NIC Asia

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले प्रदेशसभामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको समथर भागका केही वडा पर्ने गरी राप्ती उपत्यकाको देउखुरीलाई प्रदेश केन्द्र राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । लगत्तै सभामुख पूर्णबहादुर घर्तीलेले कानुनमन्त्रीले गरेको प्रस्ताव मतविभाजनका लागि अगाडि बढाएका थिए । सो क्रममा कानुनमन्त्रीले राखेको प्रस्ताव पारित भएको छ । देउखुरीको पक्षमा ६९ मत परेको थियो । भने विपक्षमा १३ मत परेको थियो ।

सत्तारुढ दल नेकपाले देउखुरीको पक्षमा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई प्रदेश संसदीय दलले ह्‌विप नै जारी गरेका थिए । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको थियो ।  

Royal Enfield Island Ad

मन्त्री केसीले प्रस्ताव राख्दै गर्दा संसदमा कांग्रेस सांसदहरुले कुर्सी भाँचेका थिए । प्रदेशसभामा कुल ८७ सांसदमध्ये ६१ जना नेकपा र १९ कांग्रेस सांसद छन् । कांग्रेस र जनता समाजवादी पार्टीका केही सांसदहरु तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई प्रदेशको अस्थायी केन्द्र तोकेकाले सोही निर्णय कायम हुनुपर्ने पक्षमा थिए । कांग्रेस संसदीय दलले सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्‌विप नै जारी गरेको थियो । सत्तारुढ नेकपाको प्रदेश संसदीय दलले पनि सरकारको प्रस्तावको पक्षमा मतदान गर्न ह्‌विप जारी गरेको थियो । केही कांग्रेस सांसदले पार्टीको ह्‌विप नमान्‍ने घोषणा गरेका थिए ।

त्यस्तै, प्रदेशको नाम र स्थायी राजधानीमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको छ । कांग्रेसकी सांसद रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले सभामा पेस गरेको  प्रदेश ५ को स्थायी राजधानी तोकियोस् भन्‍ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराएका थिए ।

कानुनमन्त्रीको प्रस्ताव दुईतिहाइले पारित भएपछि संशोधन प्रस्ताव स्वतः अस्वीकृत भएको छ । समाजवादी पार्टीका यादव र मगरले प्रदेशको नामकरण लुम्बिनीको ठाउँमा अवध मगरात राख्‍न माग गरेका थिए । सो संशोधन प्रस्ताव पनि अस्वीकृत भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro