site stats
बाह्रखरी :: Baahrakhari
देश
गोंगबुमा टुक्राटुक्रा पारेर सुटकेशमा फालिएको शव फेला 
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं गोंगबुको गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ ।  टाउको काटिएको अवस्थामा भेटिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन ।  गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउकोबिनाको शव भेटिएको हो । 

शव टुक्राटुक्रा पारेर सुटेकशमा फालिएको अवस्थामा भेटिएको हो । सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  सूचना पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । शव भेटिएको सुटकेसभन्दा टाउको केही पर भेटिएको प्रहरीले जनाएको छ ।  अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएपछि प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो । 
शव भेटिएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ । शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्