site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरमै बसेर चाडपर्व मनाउन प्रधानमन्त्रीको आह्वान 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित तवरले चाडपर्व मनाउन आग्रह गरेका छन् । इस्लाम समुदायको पर्व ईदुल फित्रको अवसरमा शुक्रबार शुभकामना दिँदै उनले कोरोनाका कारण घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

“विगत डेढ वर्षदेखि हामी विश्वब्यापी संकटका रुपमा कोभिड–१९ भाइरसको महामारी सामना गरिरहेका छौं । महामारीलाई रोक्ने हाम्रो अथक प्रयत्नका वावजुद यस महाव्याधिका कारण धेरै दिदीबहिनी दाजुभाइहरुले ज्यान गुमाइसक्नु भएको छ । उहाँहरुप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्दछु र भाइरस संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन पनि म आह्वान गर्दछु ,”विज्ञप्तिमा उल्लेख छ ।
 
प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुणा एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको पनि बताएका छन् ।
 
उक्त विशेषतालाई आत्मसात गर्दै समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने अभियानमा रहेको पनि उल्लेख गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC