site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् ।  
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने, “तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।” सञ्चारकर्मीको अर्को प्रश्नमा उनले संविधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने बताए ।  
‘ठोस प्रस्ताव छैन’ 
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताए ।  
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भए पनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताए ।  
एमाले, कांग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने जिकिर गरे । नेता गच्छदारले १६ बुँदे सहमतिका जगबाट उठाइएको आठ प्रदेशका पक्षमा आफू रहेको बताए । रासस
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro