site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
शान्ति प्रक्रियाका मुद्दा सम्बोधन गर्नेसँग मिलेर सरकार बनाउँछौं : प्रचण्ड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका मुद्दा सम्बोधन गर्न सरकार तयार नभएकाले नयाँ सरकारको गृहकार्य गर्नुपरेको बताएका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पोलिट्ब्युरो बैठकमा सम्बोधन गर्दै प्रचण्डले बजेट पारित भएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बताए ।
“हामीले सरकारका बारेमा धेरै कुरा गर्यौं,” प्रचण्डको भनाई उधृत गर्दै माओवादी केन्द्र स्रोतले भन्यो,“निर्णय नहुन्जेल बाहिर कुरा नगरौं । बजेट पास गर्न दिउँ । त्यसपछि शान्ति प्रक्रियाका मुद्दा जसले सम्बोधन गर्छ, उसैसँग मिलेर हामीले सरकार बनाउँछौं ।”
प्रचण्डले शान्ति प्रक्रियाका मुद्दा कांग्रेसले सम्बोधन गर्न तयार भए कांग्रेससँग, एमाले तयार भए एमालेसँग मिलेर नयाँ सरकार गठनको गृहकार्य गर्ने बताएका थिए । 
बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन, संविधान कार्यान्वयन गर्न र आन्दोलनरत दलका माग पूरा गर्न राष्ट्रिय सहमतिको सरकार गठनको तयारी भएको बताइन् ।
 
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  १८:०६
प्रतिक्रिया दिनुहोस्