site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्ता छन् उत्तर कोरियाली शासक किम जोङ उनका ५ रहस्यहरु 
Tiktok banner adTiktok banner ad

बीबीसी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको तस्बिर विश्वभरका अखबारहरुमा अधिकांश जसो प्रकाशित भइरहन्छ । तर उनको निजी जिन्दगी अहिलेसम्म विश्व समुदायका लागि रहस्यमयी छ । 

उदाहरणका रुपमा लिनुपर्दा विश्व समुदायले अहिलेसम्म किम जोङ उनको उमेरका बारेमा समेत जानकारी हासिल गर्न सकेको छैन् । तर उनका सहपाठी र उत्तर कोरिया छोडेर भागेका मानिसहरु उनको निजी जीवनका बारेमा अहम् जानकारीहरु दिँदै आएका छन् । 

किम जोङ उनका बारेमा यस्तै जानकारी बाहिर आएको छ, ती पाँच अहम् जानकारीका बारेमा तपाईँ शायदै जानकार हुनुहुन्छ । 

१. राजकुमार जस्तो एक्लो जिन्दगी

विशेषज्ञहरुका अनुसार किम जोङ उनको जन्म १९८२ बाट १९८३ को बीचमा भएको हुनसक्छ । उनको बाल्यकाल राजकुमारकोझैँ बितेको थियो ।  एनके लीडरशिप वाच नामक वेबसाइटका निर्देशक माइकल मेडनले बीबीसीसँग भने, ‘‘उनी ठूल्ठूला महलमा एक्लै बस्थे । उनले एक्लो तर विलाशिताको जीवनयापन गरेका छन् ।’’

किम जोङ उनका बुवा किम जोङ उलका पूर्व सुरक्षाकर्मीले अमेरीकी न्यूज ग्रुप एबीसीसँगको कुराकानीमा पनि यसका बारेमा वर्णन गरेका थिए ।  सन् २०१७ मा टोरन्टोमा ली ले भनेका थिए, ‘‘म धेरै तनावमा थिएँ, उनीसँग खेल्नका लागि कोही बालसखा थिएनन् । उनलाई शिक्षा दिने र सँगै खेल्ने सबै मानिसहरु बयस्क थिए ।’’

उत्तर कोरियाली सरकारले जारी गरेको तस्बिरमा किम जोङ उन सानै उमेरबाट सैन्य पोशाकमा देखिन्छन् ।  मेडन भन्छन्, ‘‘किमको परिवारमा उनको आज्ञाबिना कसैले पनि सम्पर्क गर्न सक्दैनथिए । आज्ञाबिना कसैले सम्पर्क गर्न खोजे उसलाई जेल वा मृत्युदण्ड दिइन्थ्यो ।’’

२. स्वीटजरल्याण्डमा अध्ययन 
 

किम जोङ उनले स्वीटजरल्याण्डको जर्मन स्कूलमा अध्ययन गरेका हुन् ।  सन् १९९६ बाट २००० सम्म किमको पढाई यूरोपमा भएको थियो । शुरुआतबाटै उनी आफ्नी आमाकी बहिनीका साथ रहेका थिए । सन् १९९८ मा उनी अमेरीका गइन् र नाम परिवर्तन गरिन् । 

द वाशिंगटन पोस्टसँगको अन्तरवार्तामा उनकी सानी आमा को यंग सकले भनेकी छिन्,  “किम समस्या उत्पन्न गर्ने बालक त थिएनन् तर उनी चकचके र  सहनशील थिएन ।’’

किमसँगै पढ्नेहरुले उनलाई दूतावासमा काम गर्ने कुनै कर्मचारीको छोरा भएको अड्कल गरेका थिए ।  

३. बास्केटबल प्रेमी 
 

एक समयमा किमका साथ बास्केटबल खेल्ने मार्को इमहाफ भन्छन्, ‘‘उनी अधिकांश समय लजालु स्वाभावकी युवती जस्तै रहन्थे तर बास्केटबल खेल्दा आक्रामक हुन्थे । त्यो आक्रमकता सकारात्मक रुपमै हुन्थ्यो ।’’ 
किम अमेरीकी बास्केटबल खेलाडी माइकल जार्डनका ठूला प्रशंसक थिए । उत्तर कोरियाको सर्वोच्च नेता भए पछि पनि उनको बास्केटबलप्रतिको लगाव उत्तिकै छ । 

४. व्हिस्की र एनिमेशन फिल्म
 

किमको मदिरा सेवन गर्ने बानीका बारेमा पनि अनेकौं अनुमान लगाइन्छ ।  एनके लीडरशिप वाच वेबसाइटका अनुसार किमले १५ वर्षको उमेरमा मदिरा पिउन शुरु गरेका थिए । उनले पहिलो पटक जोनी वाकर नामक व्हिस्की पिएका थिए । 
माइकल मेडन भन्छन्, ‘‘उत्तर कोरियाका नागरिकहरुका लागि यो अस्वाभाविक कुरा होइन ।’’

एनके लीडरशिप वाच वेबसाइटले किम जोंग–उनलाई जापानी एनिमेशन फिल्म र माइकल ज्याक्सन तथा म्याडोनाको संगीत मन पराउने गरेको जनाएको छ । 

५. दयालु प्रवृत्तिका किम 
 

कुनै समय उत्तर कोरियाली नेता किम भान्से (शेफ) रहेका एक जापानी नागरिकले किमको व्यक्तित्वका उदारवादी पाटाहरु सार्वजनिक गरेका छन् ।  किम बुबाका साथ एक दशकभन्दा अधिक समय बिताएका ती व्यक्तिले २००१ मा उत्तर कोरिया छोडेका थिए । 
केंजी फुजीमोतो उपनामबाट कयौं पुस्तक लेखी सकेका ती व्यक्ति एक तीर्थ यात्राका दौरान जापानबाट भागेका थिए ।  तर किमले ती व्यक्तिलाई उत्तर कोरियाली सरकारको एक फरक रुप देखाएका छन् । 
सन् २०१२ मा किमको निमन्त्रणामा प्योंगयोंग पुगे पछि ती व्यक्ति अचम्ममा परे ।  केंजी भन्छन्, ‘‘म भक्कानिएर रोएँ (जब म किमलाई हेर्न गएको थिएँ ) ।’’ वाशिंगटन पोस्टसँगको अन्तरवार्तामा उनी भन्छन्,  “मैले किसँग कोरियाली भाषामा भने– म फुजीमोतो ( गद्दार) फिर्ता आएको छु  ।’’
त्यसपछि युवा नेताले ठीक छ, ठीक छ भन्दै ती व्यक्तिलाई अंगालो मारे । 

https://www.bbc.com/hindi/international-43855179

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro