site stats
बाह्रखरी :: Baahrakhari
देश
‘गुन्डा नाइके’ राजु गोर्खाली पक्राउ
राजु गोर्खाली । फाइल तस्बिर ।

काठमाडौं । ‘गुन्डा नाइके’ राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार (भदौ १) थानकोटबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुरको उजुरीपश्चात् जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । १० करोड रुपैयाँ बैंकिङ कसुरको मुद्दामा उनलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बाह्रखरीलाई जानकारी दिए ।

गोर्खाली यसअघि पनि पटकपटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्