काठमाडौं । इटलीको लाम्पेडुसा द्वीपनजिकै बिहीबार भएको डंगा दुर्घटनामा २७ प्रवासी र शरणार्थीको मृत्यु भएको छ ।
यो दुर्घटना भूमध्यसागर मार्गमा भएको संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर)का फिलिपो ग्रान्डीले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका छन् ।
ग्रान्डीले आफ्नो पोस्टमा लाम्पेडुसानजिकै भएको दुखद् डुंगा दुर्घटनामा २७ जनाको मृत्यु भएको बताएका छन् । उनले एक्समा लेखेका छन्, “लाम्पेडुसानजिकै डुंगा दुर्घटना भएको छ । करिब ९५ जना लिबियाबाट दुई डुंगामा यात्रा गरिरहेका थिए । एउटा डुंगामा पानी पस्न थालेपछि सबैजना अर्को डुंगामा सरे, जुन अत्यधिक भीडका कारण पल्टियो ।”
जियाकोमोले बताएअनुसार हालसम्म ६० जनालाई उद्धार गरिएको छ । करिब ३५ जना अझै बेपत्ता छन् ।
राष्ट्रसंघका शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले सामाजिक सञ्जाल एक्समा बताएअनुसार सन् २०२५ मा हालसम्म भूमध्यसागर मार्गमा ७०० भन्दा बढी प्रवासी र शरणार्थीले ज्यान गुमाइसकेका छन् ।
ग्रान्डीले यस्ता घटनाहरू रोक्न समुद्री उद्धार अभियान, सुरक्षित मार्गहरूको व्यवस्था, गन्तव्य देशहरूलाई सहयोग र मूल कारणहरू समाधान गर्न सबै प्रयासहरूलाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।
यो वर्ष हालसम्म भूमध्यसागर मार्गमा ६७५ मृत्यु आधिकारिक रूपमा दर्ज भएको छ । यसै कारण कानुनी र सुरक्षित मार्गहरूलाई बलियो बनाउन आवश्यक रहेको उनले बताएका छन् । राेयटर्स