site stats
बाह्रखरी :: Baahrakhari
देश
रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घासखण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा बिहीबार (साउन २९) बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ ।

वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधन सञ्चालनको अनुमति दिइनेछ । यो सडक नखुलाइँदासम्म पानीट्यांकी–थोर्गा–सालबिसौन वैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरे । रासस

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्